नौरथा लागेपछि नेप्सेमा सुधार, आज रिडी पावरकाे कारोबार शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २२:२२:११
११ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १४ मा पुगेको छ ।
यस्तै, कूल दुई सय २९ कम्पनीको २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर रु ६६ करोड ३० लाख १३ हजार मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ बराबरको कारोबार भयो । नबिल बैंक रु दुई करोड ६१ लाख ६८ हजार एक सय १७, सानिमा माई हाइड्रोपावर रु दुई करोड २६ लाख १९ हजार पाँच सय ८९, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड १८ लाख ४० हजार छ सय ५० र हिमालयन डिस्टिलरी रु एक करोड ७९ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सामुदायिक लघुवित्त नौ दशमलव ९७, अभियान लघुवित्त छ दशमलव शून्य सात, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी छ दशमलव शून्य तीन, हिमालयन पावर पार्टरन पाँच दशमलव ९९ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले पाँच दशमलव ७१ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र पाँच दशमलव ८८, समालिङ पावर चार दशमलव ६८, वेष्ट फाइनान्स कम्पनी तीन दशमलव ६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार