इसेवाले ल्यायो ‘दशैंको उमङ्ग डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने
नेपालबहस संवाददाता
असोज १३, २०७९ बिहिबार २०:३९:४८
१३ असाेज, काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैंको उपलक्ष्यमा ‘दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले दशैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।
यो योजना असोज १० गते देखिअसोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्तगर्न सकिन्छ । इसेवा दशैं स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जनाभाग्यशाली विजेताले काठमाडौंदेखि नयाँदिल्ली सम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियल मी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । रु १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।
यसैगरि प्रयोगकर्ताले इसेवामा दशैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुमक्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।
यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौं कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरि इन्टरनेटको बिल तिर्ने प्रयोगकर्ता मध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्तगर्नेछन् । यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एक सयदेखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट ,दुईसय देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सय सम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्तगर्न सकिनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमाकरिब १० लाखगरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवाप्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार