जाजरकोट-डोल्पा प्रशारण लाइन : तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १८:१६:४२
♦ हेमन्त केसी
१४ असोज, सुर्खेत । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।
जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ । सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् ।
यो ठेक्काको काम अघिल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या हुँदै आएको छ । डोल्पामा विद्युतीकरणमा ढिलाइ हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो । जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोट स्थित सव स्टेशनमा सँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो ।
पुनस् भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पुर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार