सल्यान : ४ दिनमा २ घटना ११ जनाको मृत्यु १७ जना घाइते ! प्रहरी भन्छ : चालकको ओभर कन्फिडेन्स
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार २१:३९:५९
♦ दीपक शर्मा
१५ असोज , सल्यान । सल्यानमा ४ दिनको बिचमा सडक दुर्घटनामा ११ जना मानिसले ज्यान गुमाएका छन भने १७ जना घाइते भएका छन । पहाडी क्षेत्रमा चाडपर्वको बेला नियमित संचालनमा रहेका सार्वजनिक सवारी साधनका गाडी भन्दा पछिल्लो पटक रिजर्भ गरिएका गाडि दुर्घटना बढेको देखिन्छ ।
गएको मंगलबार बाँकेको ढकेरी बाट विहेको भोज खाएर सल्यानको जलवाङतर्फ जादै गरेको रा १ ज ५६३ नम्वरको जिप बुधवार विहान करिब १ बजेतिर कपुरकोट गाँउपालिका वार्ड न ३ मुलपानि नजिकै दुर्घटना हुँदा जिपमा सवार ९ जना मध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १ जनाको उपचारको क्रममा शुक्रवार मृत्यु हुँदा जिपमा सवार चालक सहित सवै जनाको मृत्यु भयो । मृत्यु हुनेमा एकै परिवारका ४ जना समेत रहेका छन ।
घटनाको प्रारम्भिक रिपोर्टले चालकको ओभर कन्फिडेन्स नै जस्तो देखिन्छ । यसै गरी सनिवार विहान कुमाख गाँउपालिका ७ जिमाली बाट खैराबाङ भगवती मन्दिरमा दर्शनका लागी जादै गरेको रा १ ज ७९८ नम्वरको जिप गन्तव्य नजिकै जिमालीमा दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका १७ जनालाई नेपालगञ्ज लगिएको छ दुर्घटनको मुख्य कारण उकालोमा व्याक गर्दा जिप तल खसेको देखिन्छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक एंव सूचना अधिकारी सन्तोष खनालले नेपाल बहसलाई बताए । यी दुवै घटनालाई नजिकबाट नियाल्ने हो भने घटनाको प्रकृति एउटै जस्तो देखिन्छ ।
दुर्घटनामा परेका दुवै जिप रिजर्भ गरिएका थिए । दुर्घटनाको कारण साँघुरो बाटो, चालकको लापरवाहि , तिव्रगति वा क्षमता भदा वढि यात्रु राख्नु नै मुख्य कारण भएको खनालको भनाई छ । ति दुबै घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक सन्तोष खनालले पटिल्लो पटक रुट परमिटमा चलेका गाडि भन्दा रिजर्भ गरीएका गाडी बढि दुर्घटना भएको बताए ।
चालकको ओभर कन्फीडेन्स पनि दुर्घटनको कारण बन्न सक्छ । यी घटनाले यसको पुष्टि गर्छ । चाडपर्वको बेला भारत लगायत अन्य जिल्ला बाट सल्यान भित्रिने सवारी साधनमा क्षमता भन्दा वढि यात्रु वोक्ने चालकले मापसे गरे नगरेको चेक जाँच सीमा क्षेत्रमै भैरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार