अन्तर्राष्ट्रिय विमानस्थलमा ‘होल्ड’ र ‘डिले’ काे अवस्था के छ ?
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार २२:१८:२२
♦ सिबी अधिकारी
२५ असोज, काठमाडौं । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘टिआइए’ लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौं विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ ।
कोभिड–१९ महामारीपूर्व काठमाडौं विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्थे । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाइ उडान सुरक्षा र सेवा गुणस्तरमा ध्यान दिइएको छ ।
“विमानस्थलमा स्लट व्यवस्थापन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको छ । अहिले जहाज ‘होल्ड’ र ‘डिले’ हुने अवस्था छैन । ‘सेफ्टी इनह्यान्स’ गरेका छौँ । अहिले पर्यटकीय सिजनमा पनि विगतमा जस्तो दुई देखि तीन घण्टा जहाज होल्ड र उडान डिले हुँदैन, मौसमले साथ दिएसम्म त्यस्तो कुनै समस्या छैन”, महाप्रबन्धक ठाकुरले भने ।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’, निजी लगानीको हिमालय एयरलाइन्स र बुद्ध एयर ‘भारतको बनारसमा’ ले अन्तराष्ट्रियतर्फ उडान गरिरहेका छन् । भारतको एयर इन्डिया, इन्डिगो र भिस्ताराले काठमाडौँ विमानस्थलमा उडान भर्दै आएका छन् । चीनको एयर चाइनाले मात्रै साताको एक उडान गरिरहेको छ । कोभिडपूर्व चीनका चार एयरलाइन्सले काठमाडौँमा उडान गर्थै । कोभिडपूर्व चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरेका थिए ।
नेपाल एयरलाइन्सले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान गर्छ । विमानस्थलको विवरणमा अहिले अन्तराष्ट्रियतर्फ दैनिक दुईतर्फी ७५ देखि ८५ उडान भइरहेको छ । चाडपर्व र पर्यटकीय सिजन चलिरहेकाले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ अहिले दुईतर्फी तीन सय १० उडान चलिरहेको छ ।
तत्कालका लागि थप अन्तर्राष्ट्रिय एयरलाइन्स सम्पर्कमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हङ्गेरीको बिज एयरले आगामी अक्टोबर ३० देखि यूएईको अवुधावी उडान गर्ने अनुमति पाएको छ । नोभेम्बर १५ तारिखबाट वीन्टर सेडूल आउने र त्यसमा गौतमबुद्ध विमानस्थललाई केन्द्रित गरिएको प्रवक्ता निरौलाले जानकारी दिए । हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने चासो देखाएका छन् ।
गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतको जजिरा एयरले दैनिक एक उडान गरिरहेको छ । महामारीपछि पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ । पर्यटकीय सिजन पनि सुरु भएको छ । दशैं सकिएर तिहार र छठपर्वको सङ्घारमा रहेकाले अहिले अन्तर्राष्ट्रिय आन्तरिक उडान चाप बढेको छ । हवाईयात्रुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक यात्रुले एयरलाइन्सको ‘विजनेश’ बढाएको छ । चाडपर्वसँगै भ्रमणमा निस्कने यात्रुको सङ्ख्या बाक्लिएको छ ।
यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान
प्राधिकरणका अनुसार टिआइएबाट अहिले २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपालको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् ।
त्यस्तै एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् । जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेड, ड्रुक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् ।
विमानस्थलमा पछिल्लो पटक थाई स्माइल एयर, भिस्तारा र श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् । गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । नेपालले हाल ४० मुलुक र युरोपेली सङ्घ गरी ४१ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । छिट्टै अमेरिका, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, रुवाण्डालगायत मुलुकसँग हवाई सम्झौता हुने जनाइएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार