कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २०:५७:२१
२७ असोज, भक्तपुर । नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो ।
यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन ।
“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ”, वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापतिले भने ।
वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उहाँले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाए । माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उनले यस वर्ष साना र ठूला दुवै प्रकारका पालाको माग बढेकाले मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताए ।
माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पु¥याउन जान भ्याइनभ्याइ भएको देखिन्छ ।
पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एकछिन हात खाली छैन । बाजेबराजुका पालादेखि माटोका भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन् । उनले भने, “यस वर्ष पालाको माग धेरै छ, तिहार नजिक आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्नुपर्छ भ्याउनै मुस्किल छ ।”
यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको उनको भनाइ छ । उनले भने, “माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो, माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेशा नै सङ्कटमा पर्ने अवस्था आएको छ ।”
भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिले बताए ।
विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । भक्तपुरमा यसको माग बढेको पुर्खौँदेखि कुमाले पेशामा लाग्दै आउनुभएका बलराम प्रजापतिले सुनाए ।
काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखाैँ पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा रु एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र रु पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार