आजदेखि इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार १६:१:४५
२८ असोज, काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
यसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत शेयर भर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार