सौगात, आर्यन र वर्षाको ‘लाखे’ १८ कात्तिकमा
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २०:४४:९
२८ असोज, काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ पूर्वनिर्धारितभन्दा एक साता पर सरेको छ । फस्र्टलुक र ट्रेलरबाट चर्चा कमाएको फिल्म अब १८ कात्तिकमा दर्शकमाझ आउने छ ।
पहिला यो फिल्म ११ कात्तिकमा प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरूको सम्मानमा आफूहरू एक सातापछि हटेको ‘लाखे’ टिमले जनाएको छ ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।
पछिल्लो समय नेपाली फिल्मको ब्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतीक्षित दुइटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्ने देखेर आफूहरू एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए । ‘सिनीयर दाइहरूको सम्मान तथा सन्तुलित ब्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौं ।
यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छ,’ निर्देशक सम्राट भन्छन्, ‘ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ । त्यसमाथि केही समयको ग्यापपछि हाम्रो आदरणीय दाइहरूको फिल्म आउँदैछ । त्यसैले हामी एक साता पर जान कत्ति पनि हच्किएनौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार