विलासी वस्तुको आयात प्रतिबन्ध मंसिरसम्म लम्बियो
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २१:२४:२२
२८ असोज, काठमाडौं । सरकारले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लब्याएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले गाडी, मोबाइललगायतका विलासी वस्तुको आयात प्रतिबन्ध मंसिरसम्म कायमै राख्ने निर्णय गरेको हो।
सरकारले गत वैशाखमा विलासी वस्तुको आयातमा रोक लगाइएको थियो। तर प्रतिबन्धको समय आज असोज २८ मा सकिने भएपछि सरकारले थप लम्ब्याउने निर्णय गरेको छ ।
सरकारले चारवटा वस्तुको आयात प्रतिबन्धलाई भने निरन्तरता दिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठले सो निर्णय गरेको स्रोतले जानकारी दिएको छ । नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा वैशाखदेखि विलासी वस्तुको रुपमा परिभाषित गर्दै १० वस्तु प्रतिबन्ध गरिएको थियो।
ती १० वस्तुमध्ये अहिले ४ वटा वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। भदौ १४ गते एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा आयातमा प्रतिबन्ध लगाइएको थियो।
त्योभन्दा अघि कुर्कुरे, कुर्मुरे लेज र यस्तै उत्पादन, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना र तासको आयातमा समेत रोक लगाएको थियो। अब आज पुन स् राजपत्र प्रकाशन गरेर मंसिरसम्मको म्याद थप गर्नुपर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार