मतदाताको स्वस्फूर्त अभियान, ‘हरघर जाऔ, रुपेशमानलाई जिताऔँ’ !
आबिद हुसेन
असोज २९, २०७९ शनिबार २०:३:५
२९ असाेज, बीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन पर्सा क्षेत्र नम्बर २ ‘ख’ का अगुवा तथा युवाहरुले अभियान नै सुरु गरेका छन् । क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदान गर्न ‘हरघर जाऔँ, रुपेशमानलाई जिताऔँ’ अभियान सुरु गरेका हुन् ।
सिंहको पक्षमा मत माग्दै घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का मनोज चौधरी बताउँछन् । अभियानमा निर्वाचन क्षेत्रमा पर्ने १० वटा बीरगञ्ज महानगरपालिकाका वडा र बहुदरमाई नगरपालिकाको वडा नम्बर २ गरी ११ वटा वडाका युवा, महिला, बुद्धिजिवी, अग्रज खटिएका छन् ।
यस्तै शुक्रबार स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना भएको छ । वीरगञ्ज ३ छपकैयाँको आदर्शटोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको उम्मेद्वार सिंहले उद्घाटन गरेका छन् ।
कार्यालय स्थापना गर्दै सिंहले दलहरुलाई पटक पटक हेरिसकिएको भन्दै यस पटक स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आग्रह गरे । उनले भने, ‘अब घरघरमा विभिन्न प्रलोभन दिँदै नेताहरु आउँछन्, तपाईहरुले विचार पुर्याएर तपाईहरुको साथमा सँधै उभिने, गर्न सक्ने मान्छेलाई मत दिएर विजयी बनाउनुहोला । होइन भने फेरि पछि पछुताउन बाहेक अरु विकल्प रहँदैन ।’
आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए । कार्यक्रममा वडा नम्बर २४ की लक्ष्मी देवी चौरसियाले रुपेशमान सिंहको विकल्प अरु हुनै नसक्ने भन्दै सिंहलाई जिताउन गाउँगाउँबाट सबैलाई जोड्न पहल गर्ने बताइन् । कार्यक्रममा प्रदेश २९ख० मा पर्ने ११ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार