अब मोटा र दुब्ला सशस्त्र प्रहरी कर्मचारीहरु धेरै अवसरबाट वञ्चित हुने
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार २२:३:७
२९ असोज, काठमाडौं । धेरै मोटा र धेरै दुब्ला सशस्त्र प्रहरी कर्मचारीहरु धेरै अवसरबाट वञ्चित हुने भएका छन् । कर्मचारीको शारीरिक तन्दुरुस्ती कायम गरी कार्यसम्पादन चुस्त बनाउन सशस्त्रले नयाँ कार्यविधि लागू गरेको छ । जसअनुसार उचाइ अनुसारको तौलको मापदण्ड तोकिएको छ ।
सशस्त्रले बडी मास इन्डेक्स ‘बीएमआई’का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ लागू गरेको छ । कार्यविधिअनुसार अति दुब्ला र अति मोटा प्रहरी कर्मचारी महत्वपूर्ण सुविधा तथा अवसरबाट वञ्चित हुनेछन् ।
कार्यविधिले बीएमआईका आधारमा चार किसिमको स्वास्थ्य वर्गीकरण गरी उनीहरूलाई सजायस्वरूप अवसरबाट वञ्चित गर्ने प्रावधान राखेको छ । अति मोटा र अति दुब्ला वर्गमा पर्ने कर्मचारी बढुवा, कमान्ड, युएन मिसन र विदेशमा हुने तालिम तथा सेमिनारमा भाग लिन अयोग्य हुनेछन् ।
त्यस्तै, दुब्लो र बढी मोटा वर्गमा पर्नेहरू बढुवाका लागि योग्य हुने तथा कमान्ड, युएन मिसन, विदेश तालिम तथा सेमिनारमा अयोग्य हुनेछन् । मोटो वर्गमा पर्नेहरू बढुवा र कमान्डमा भाग लिन योग्य तथा युएन मिसन र विदेश तालिम तथा सेमिनारका लागि अयोग्य हुने नियम लागू गरिएको छ ।
कर्मचारीहरूको स्वास्थ्य स्थिति यकिन गर्न र सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नो स्वास्थ्य ठीक अवस्थामा राख्न हौसला दिई प्रेरित गरी कार्यसम्पादनलाई चुस्त बनाउन बिएमआई मापदण्ड लागू गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ‘एसएसपी’ पुरुषोत्तम थापाले बताए । बीएमआई लागू गर्न देशैभरि परिपत्र भइसकेको छ जानकारी थापाले दिए ।
बीएमआईको प्रावधान कडाइका साथ लागू गर्न प्रहरी नियमावलीसमेत संशोधन गर्न लागिएको प्रवक्ता थापाले बताउनुभयो । अति दुब्ला र अति मोटा प्रहरीलाई बढुवामै अयोग्यको प्रावधान सशस्त्र प्रहरी नियमावलीमै राख्न लागिएको हो । एक वर्षभित्र पूर्ण रूपमा यो कार्यविधि लागू भइसक्ने सशस्त्र प्रहरीले जनाएको छ । मोटोपन घटाउन तथा अति दुब्ला व्यक्तिहरू मोटाउन समय लाग्ने भएकाले एक वर्षको समय अवधि दिई कार्यान्वयन गर्न लागिएको हो ।
बढी मोटा र बढी दुब्ला कर्मचारीबाट कार्यसम्पादन दुस्त हुन नसक्ने निष्कर्षका आधारमा यस्तो कार्यविधि लागू भएको हो । कार्यविधिअनुसार हरेक वर्षको १५ मंसिरभित्र तोकिएको मेडिकल अधिकृतले बिएमआई प्रमाणीकरण गर्नुपर्ने हुन्छ । भर्नाका क्रममा पनि बिएमआई सामान्य हुनुपर्ने नियम लागू गरिएको छ । गर्भवती महिला, उपचारको क्रममा रहेका कर्मचारी, तौल समूहमा खेलिने विभिन्न खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको हकमा भने समयसीमा र अवस्था तोकी बिएमआई स्वास्थ्य वर्गीकरण लाग्नेछैन ।
फौजी संगठनमा बिएमआई निकै महत्वपूर्ण मानिन्छ । विश्वका धेरै सुरक्षा फौजहरूमा यो कडाइका साथ लागू छ । अर्धसैन्य फौज सशस्त्र प्रहरीमा भने यो लागू हुन नसक्दा धेरै प्रहरी मोटा भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदमा नियुक्त भएलगत्तै यसका लागि अध्ययन समिति बनाएका थिए । सोही समितिको सिफारिसका आधारमा कार्यविधि बनेको हो । सशस्त्र प्रहरी बलमा पहिलेदेखि नै बीएमआई लागू गर्नेबारे पटक–पटक छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
नेपाली सेनामा लामो समयदेखि बीएमआई लागू छ । सेनामा पनि बिएमआईमा अनुत्तीर्ण हुनेहरूलाई बढुवा, शान्ति मिसनलगायत अवसरबाट वञ्चित गर्ने नियम छ । नेपाल प्रहरीमा भने यो विषय बहसमै सीमित छ । नियमित शान्ति सुरक्षामा खटिने प्रहरी झन् तन्दुरुस्त हुन आवश्यक भए पनि प्रहरी नेतृत्वले बीएमआई लागू गर्न सकेको छैन ।
नयाँ पत्रिका दैनिकका लागि नवराज मैनालीले लेख्नुभएको समाचारबाट,,,,,,,,,,,,,,,,,,
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार