चरित्रमा बाँच्ने अभिनेता विपीन कार्की
नेपालबहस संवाददाता
असोज २९, २०७९ शनिबार २२:१५:२२
२९ असोज, कामठाडौं । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन। लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उनको चरित्रले पहिचान स्थापित गर्यो । उनलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन् ।
जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे ।
“मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भने। यद्यपि फिल्ममा भने उनी वर्षाको पिता बनेनन । निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहेनन । “दर्शकले विश्वास गर्नुहुन्न की ? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ”, अभिनेता कार्कीले भने ।
प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उनी बताउछन । चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षणगर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन् । “म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ । यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ । कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु”, अभिनेता कार्कीले भने।
अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुन । “हामीले केही फिल्ममासँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भने। अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार