पूर्वश्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा देखाए यस्तो हर्कत
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १८:३२:२१
३० असोज, बारा । वैदेशिक रोजगारीमा जाने युवाको प्रि–अन्तर्वार्ता भन्दै पूर्वश्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेका छन् । बारा– ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएका हुन् ।
श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको हो । दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गरेका हुन् । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम अन्तर्वार्ता राखिएको बताए । शर्माका अनुसार प्रि–अन्तर्वार्तामा छनौट भएकाहरुलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाइनेछ ।
मतदातालाई प्रभावित पार्ने उदेश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएपछि अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका कार्य गरिएको भन्दै आपत्ती जनाएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउन प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन् ।
फ्रि भिसा÷फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचना बमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखिएको हो ।
उक्त कम्पनीले यसअघि तनँहुमा पनि अन्तर्वार्ता राखेको थियो । तनँहु पूर्वमन्त्री श्रेष्ठको गृह जिल्ला हो । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताए ।
अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आएका छन् । तर म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरु अलपत्र परेका छन् । सर्लाही मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आफू आएको तर यहाँ आएपछि निर्वाचन क्षेत्र नं. ४ का युवाहरुको मात्रै अन्तर्वार्ता लिने भनेपछि आफूहरु अलपत्र परेको बताए ।
अन्य जिल्लाबाट आएका युवालाई फर्काउदै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरु यतिबेला स्थानीय युवा खोज्न गाँउमा परिचालित भएका छन् । फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउबाट युवाहरु खोजेर अन्तर्वार्तामा ल्याउन समाजवादीका कार्यकर्ता परिचालित भएका हुन् । चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार