सचिव वडा कार्यालयमा भन्दा योजना फाँटमा मस्त, नागरिकलाई सास्ती
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २१:१४:१८
♦ दीपक शर्मा
३१ असोज , बर्दिया । गाँउघरमा शिहदरवार भन्दै भिडने सरकार र दलका नेताहरुलाई बर्दियाको गेरुवा गाँउपालिका वार्ड न १ मा सेवा ग्राहिले महिनौ सम्म सेवा नपाएर सास्ती भोगेको देख्दा काठमाडाैंमा वसेर गाँउघरमा शिहदरवार गैसकेको भन्नेहलाई गिज्याइरहेको छ ।
गेरुवा गाँउपालिका वाड न १ का सचिव प्रदिपकुमार शर्माले पालिकाको योजना फाँट तथा वार्ड न १ को वडा कार्यालय हेर्ने जिम्मा पाएपनि अधिकास समय पालिकाकै योजना फाँटमा भएका कारण स्थानिय सेवाग्राहिलाई सामान्य सिफारिस लिन पनि महिनौ लाग्ने गर्दछ ।
स्थानियवासी मंगल थारुका अनुसार सिफारिसका लागी आउदा आज सचिव छैनन , भोली आउनु भन्छन भोली पल्ट आयो हालत उस्तै आज त सचिव आए होलान भनेर गयो हालत उस्तै , बडा कार्यालयमा सचिव नआउने गरेको स्थानियवासीहरुको भनाई रहेको छ ।
गेरुवा गाँउपालिका योजना शाखामा रहेका प्रदिपकुमार शर्मा वडा कार्यालय भन्दा योजना शाखामै आम्दानी हुने देखिएपछि वडा कार्यालय कम जाने गरेको बताइएको छ । गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसबहादुर रानाले योजना शाखा र वार्ड न १ को सचिवको जिम्मेवारी सम्मालिरहेका प्रदिप कुमार शर्मा हाल विदामा भएका कारण सो समस्या आएको बताएका छन । शर्मा मंगलबार सम्म हाजीर हुने रानाले बताएपनि शर्माले पहिलो प्राथमिकता योजना शाखालाई नै दिने बताइन्छ ।
वार्ड अध्यक्ष कर्मप्रसाद थारुका अनुसार जनताका काम रोकिएको हुँदा तत्कालको लागी वार्ड न २ का सचिव भागीराम चौधरीलाई सोमबार वोलाई लामो समय देखि रोकिएका जनताको सेवा प्रबाह गर्ने प्रयास भैरहेको बताए ।
स्थानियवासीले सामान्य सिफारिस सम्म महिनौ दिन देखि रोकिएको भएपनि कसैले केहि वास्ता नगरेको बताउछन । बर्दियाको ग्रामिन भागमा रहेको सो पालिकामा कर्मचारीको अभाव भएमा माग गर्न सकिने अथवा कुनै विकल्प भएपनि जनप्रनिधि लगायत अन्यले वेवास्ता गरेको स्थानियवासीहरको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार