महिला म्याराथनको स्वर्ण एपीएफलाई
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १९:५२:३०
१ कात्तिक, पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बल (एपिएफ)का वृन्द्राधन श्रेष्ठले स्वण पदक हासिल गरेका छन् ।
पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२.१९५ किलोमिटर दूरी उनले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जितेकी हुन् ।
यस्तै अर्को विभागीय टोली नेपाली सेनाका विश्वरुपा बुढाले तीन घन्टा ००.३५ सेकेन्डमा निर्धारित दूरी पार गरी कास्य पदक जित्दा नेपाल प्रहरीका रेखा विष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरी कास्य जितिन् ।
यस्तै, पुरूष म्याराथनको स्वर्ण गण्डकीका धावक अनिश थापा मगरले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।
दुई घन्टा २३ मिनेट १४ सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जित्दा दुई घन्टा ३० मिनेट ५४ सेकेन्ड खर्चिएका एपिएफका सन्तोषविक्रम विष्टले कास्य पदक जितेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार