रिलिजपछि आयो ‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २१:१६:२८
१ कार्तिक, काठमाडौं । गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ ।
दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मको यो गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द,संगीत छ । साकार पन्त निर्देशीत फिल्मको यो गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो ।
रबि सायमिले खिचेको गीतको कलर र सम्पादन बिनय कंसाकारले गरेका हुन् । नेपाली युवाको बिदेश मोह, सन्तान बिदेशीनाले बृद्धबृद्धाले भोग्नु परेको एक्लोपन,बैबाहीक जीवनका असमझादारी,पुनर्विबाह लगायतका थुप्रै ब्याबहारिक बिषयहरुलाई प्रस्तुत गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठ प्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।
फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजन प्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।
हेर्नुस् गीत :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार