राजु गुरुङको उम्मेदवार खारेजी निर्णयविरूद्धको मुद्दा संयुक्त इजलासमा
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १७:१३:२९
२ कात्तिक, काठमाडौं । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एस)का राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।
बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी उक्त क्षेत्रबाट खारेज गरेको थियो । आयोगको खारेजी निर्णय कानूनविपरीत भएको जनाउँदै उनले अन्तरिम आदेशको माग गर्दै गएको हप्ता सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दामा अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा आज रिटका विपक्षी आयोगलाई पक्षलाई बोलाइएको छ ।
रिट जारी भएको खण्डमा गुरुङ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्न पाउनेछन् । उक्त क्षेत्रबाट एमालेसहितको गठबन्धनका सझा उम्मेद्वार विष्णुप्रसाद पौडेलसँग चुनाव प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार