हरिवंश आचार्यका प्रिय पाँच चरित्र यस्ता छन्
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १७:१२:१२
२ कात्तिक, काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् ।
अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । दर्शकका प्रिय हरिवंशलाई आफूले निर्वाह गरेको यी पाँच चरित्र मनपर्दोरहेछः–
अर्जुन ‘बलिदान’
यसमा मेरो छविभन्दा ठ्याक्कै उल्टो छवि छ । मेरो छवि भनेको हाँसोको छवि हो । यो फिल्ममा चाहिँ क्रान्तिकारीको भूमिका निभाएको छु । यसमा हाँसो भन्ने केही पनि छैन । त्यति गम्भीर विषयवस्तुमा मलाई उहाँहरुले काम गर्ने अवसर दिनुभयो । मैले काम गरें र त्यो काम मान्छेलाई मनपर्यो ।
साधुराम सुकुम्बासी ‘वनपाले’
साधुराम पनि नेगेटिभ चरित्र हो । त्यो चरित्र भिलेनको पनि एक्सट्रिम भिलेनको थियो । उसको बोली नै कर्कस आवाज युक्त थियो । मैले सम्झिने चरित्रमा यो पनि पर्छ ।
वडाअध्यक्ष ‘कान्तिपुर’
यसमा मैले वडाको सोझो अध्यक्षको भूमिका निर्वाह गरेको छु । वडाअध्यक्षसँग कति समस्या हुन्छ भन्ने कुरा देखाइएको छ । अरुको समस्या समाधान गर्न हिँड्ने मान्छे आफ्नो समस्यामा कसरी जेलिएको छ भन्ने प्रस्तुत गरिएको छ ।
हरिबहादुर ‘मदनबहादुर हरिबहादुर’
मलाई लाग्छ हरिबहादुर चरित्र मेरा लागि सर्वाधिक हिट चरित्र हो । जहिँकहीँ जाँदा होस् या कार्यक्रममा गएर बोल्नुपर्यो भने मलाई ‘हरिबहादुर’ भन्दै ठूलो स्वरले बोलाउँछन् । जुनसुकै उमेर समूहका दर्शकको प्रिय बनेको छ, हरिबहादुर ।
ध्रुबराम ‘लालपुर्जा’
ध्रुवरामले भूकम्पले आफ्नो घर भत्किएपछि आफ्नो जग्गा भएर पनि मोहीका कारणले त्यसलाई उपभोग गर्न पाउँदैन । जमिन भएर पनि केही फाइदा लिन नपाउने ध्रुवरामको चरित्रमा अभिनय गरेको छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार