चुनावका मुखमा सरकारी ढुकुटी ऋणात्मक, राजश्व उठाउन अर्थमन्त्रीसँग छैन कुनै नीति
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १७:४३:२२
२ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गइरहेको अवस्थामा सरकारी ढुकुटी ऋणात्मक देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सरकारी संयन्त्रलाई उचित ढंगले परिचालन गर्न नसक्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै सरकारी ढुकुटी ऋणात्मक हुन पुगेको हो ।
तथ्यांक हेर्दा सरकारी ढुकुटी ऋणात्मक हुँदासमेत अर्थमन्त्री शर्माले चुनाव लक्षित फजुल खर्चमा कमी ल्याउनुको सट्टा बढाउँदै लगेका छन् । खर्च धान्ने राजश्व उठाउन अर्थमन्त्रीको ध्यान गएको देखिदैन् । पुँजीगत खर्च पाँच प्रतिशत हाराहारीमा पनि भएको छैन् । चुनाव खर्चका लागि आन्तरिक ऋण उठाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार पुगेको छ ।
सरकारले गर्ने आम्दानीभन्दा खर्च बढी भएको खण्डमा सरकारी ढुकुटी घाटामा देखिन्छ । अहिले खर्च के के विषयमा बढी भइरहेको छ भन्दा खर्च हुनुपर्ने क्षेत्रमा भएकै छैन् । चुनावका कारण विकास खर्च पनि पाँच प्रतिशतकै हाराहारीमा रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक मुल्यांकनमा सरकारको आम्दानीभन्दा खर्च धेरै बढी देखिएको हाे । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी २ खर्ब ३२ अर्ब १२ करोड बराबर मात्र देखिएको छ ।
असोज मसान्तसम्ममा सरकारले आम्दानीभन्दा ४६ अर्ब चार करोड बढीले खर्च गरेको छ । सरकारी खर्च २ खर्ब ७८ अर्ब १६ करोड भएको तथ्यांकले देखाएको छ । आयभन्दा व्यय धेरै र फजुल खर्चमा जोड दिएपछि सरकारको बचत खाता ऋणात्मक देखिएको हो । महालेखा नियन्त्रक कार्यालयले दैनिक अद्यावधिक गर्ने तथ्यांकले संघीय सरकारको खाता ४६ अर्ब चार करोडले ऋणात्मक भएको देखाएको छ । दैनिक खर्चबाहेक सावाँ भुक्तानीलगायतलले गर्दा असोज मसान्तसम्मा ७० अर्बले सरकारी ढुकुटी घाटामा देखिएको छ ।
महालेखाले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारको पहिलो त्रैमासमा २ खर्ब ८ अर्ब राजश्व उठेको छ । वैदेशिक अनुदान ७९ करोडसहित सरकारले २२ अर्ब ७४ करोड अन्य आम्दानी गरेको देखिएको छ । यद्यपि हालसम्म सरकारले आन्तरिक ऋण परिचालन गरेको छैन भने बाह्य ऋणको परिचालन पनि न्यून देखिएको छ । तथ्यांक अनुसार साउन महिनामा सरकारले १ अर्ब ९८ करोड वैदेशिक ऋण परिचालन गरेको छ । भदौ र असोजमा पनि सोही हाराहारी ऋण प्राप्त भएको महालेखाको भनाइ छ ।
यो अवधिमा सरकारले २ खर्ब २३ अर्ब चालू खर्च गरेको छ भने १९ अर्ब ६८ करोड पुँजीगत र ३४ अर्ब ७३ करोड वित्तीय व्यवस्थातर्फ खर्च गरेको देखिएको छ । खर्च बढेपनि चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अघिल्ला वर्षको सोही अवधिको तुलनामा राजश्व दर भने घटेको छ । महालेखाका अनुसार सरकारले असोज मसान्तसम्म कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको १५.५१ प्रतिशत खर्च गरेको छ ।
यो अवधिमा सरकारको राजस्व गएको वर्षको तुलनामा खस्किएको छ । असोज मसान्तसम्म २ खर्ब ८ अर्ब राजश्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्य १४ खर्ब तीन अर्बको १४.८७ प्रतिशत मात्रै हो । यो गएको आवको तुलनामा ६.७३ प्रतिशत कमी राजश्व उठेको हो । गएको वर्षको सोही अवधिमा सरकारले वार्षिक लक्ष्य ११ खर्ब ८० अर्बको २१.६ प्रतिशतबराबर राजस्व संकलन गरेको थियो ।
सरकारी ढुकुटी ऋणात्मक बन्दा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने हो । तर, अर्थमन्त्रीले घाटामा रहेको ढुकुटीलाई पुर्ति गराउने कुनै सोच देखाएका छैनन् । आर्थिक सूचकांकहरुलाई सकारात्मक मोडमा पुर्याएर खर्च धान्न सक्ने अवस्थामा पुर्याउने काम अर्थमन्त्रीको हो । तर, अर्थमन्त्री शर्मा चुनावका बेला सरकारी ढुकुटी रित्तिएको अवस्थामासमेत फजुल खर्चबाट पछि हटेका छैनन् ।
अहिले सरकारले राष्ट्र बैंकबाट उधारो लिएर खर्च गरिरहेको छ । राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई खाता ऋणात्मक भएको र यसले निरन्तरता पाएमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रश्न गर्न सक्नेबारे जानकारीसमेत गराइसकेको छ । तर, अर्थमन्त्रीले चासो दिएका छैनन् । सरकारले राष्ट्र बैंकबाट उधारोमा खर्च धानिरहेनु भनेको अर्थमन्त्री वित्तीय अनुशासनभन्दा बाहिर जानुभएको अर्थविद्हरु बताउँछन् ।
यता अर्थमन्त्रीको भनाइ र लक्ष्यअनुसार सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ प्रतिशत हाराहारीमा पनि पुँजीगत खर्च गर्न सकेको छैन् । असोज मसान्तसम्ममा सरकारले १९ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित पुँजीगत बजेटको ५.१७ प्रतिशतबराबर हुन आउँछ । पहिलो त्रैमासमा १० प्रतिशत पुँजीगत खर्च गर्ने सरकारी लक्ष्य छ । तर, लक्ष्यको आधा मात्रै खर्च हुन सकेको छ ।
तीन महिनाको अवधिमा तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको भए पनि साउन, भदौ र असोजमा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको हो । गत आर्थिक वर्षको तीन महिनामा भएको विकास खर्चको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने विकास खर्च बढेको तथ्यांक महालेखाको छ । गत आवको तीन महिनामा लक्ष्यको करिब चार प्रतिशत मात्रै विकास खर्च भएको थियो । चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार