बेलायतमा चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधियो
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १७:३४:५२
२ कात्तिक, एजेन्सी । उत्तरी बेलायतकोे म्यानचेस्टरस्थित वाणिज्य दूतावास अगाडि हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको आक्रमणलाई लिएर बेलायतको विदेश मन्त्रालयले चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ । हङकङका प्रजातन्त्र समर्थक
प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट भएको थियो । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको बिसाैं महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो ।
सो क्रममा प्रदर्शनकारीहरुमाथि कुटपिट भएको थियो । कुटपिटको भिडियो सामाजिक सञ्जालमा समेत राखिएको थियो । कुटपिट घटनाको बेलायतका कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार