काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २१:२१:१४
२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन(७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ‘क’ मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण समेत गराएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘‘स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौँ महानगरपालिकाको वडा नं १६ को वडा अध्यक्षले काठमाडौ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन ?’
पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदारहँदै काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ‘३’ बमोजिमको जरिवाना गर्नु नपर्ने हो ? भनी जवाफ माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार