सशस्त्र प्रहरी बलको ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १७:१७:३३
३ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौ कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् । १८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए ।
व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परारष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ ।
संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए । सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डीएसपी गैरे दीक्षित भएका हुन् ।
सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो । यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैनलगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार