फ्रि भिसा र फ्रि टिकटबारे नेकपा एसका अध्यक्ष नेपालसँग आयोगले माग्यो स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार २०:३१:५८
३ कात्तिक, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोट फकाउन मतदातालाई फ्रि भिसा र फ्रि टिकटको आश्वास दिएकोबारे निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण मागेको छ ।
उनले आफ्नो निर्वाचन क्षेत्र रौतहटका मतदातालाई आफुलाई भोट दिएर जिताए वैदेशिक रोजगारीका लागि फ्रि भिसा र फ्रि टिकट मिलाइदिने आश्वासन दिएको समाचार बाहिरिएको थियो ।
यसै विषयमा आयोगले अध्यक्ष नेपाललाई २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण दिन भनेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनी सार्वजनिकरुपमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोले उनीसँग स्पष्टीकरण मागेको हो ।
आयोगले निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले नेपाललाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा (३) तथा उपदफा (४) बमोजिमको कारवाही किन गर्नु नपर्ने भन्दै पत्र पठाएको छ । कुनै पनि माध्यामबाट पत्र पाएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफु उमेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश भनिएको छ ।
यसैत्रीच निर्वाचन आयोगले रौटहट– १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार