विपदबाट ६ महिनामा २८५ जनाले ज्यान गुमाए, ३३ जना बेपत्ता
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार १९:४८:४०
४ कात्तिक, काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै मात्रामा जनधनको नोक्सानी पुर्याएको छ । यसवर्षको पहिलो ६ महिना ९२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म० को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् । यसवर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ ।
बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, हिमपहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो ।
अघिल्लो वर्ष २०७८ को सोही अवधि (वैशाख १ गतेदेखि असोज ३१ गते)मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए ।
गतवर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।
पहिरोबाट सबैभन्दा बढीको मृत्यु
बितेको ६ महिनामा विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु पहिरोमा परी भएको छ । सो समयमा पहिरोका घटनामा परी ९५ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार यसवर्ष चट्याङ लागेर ८०, आगलागीमा परी २७, जनावरको आक्रमणमा परी २१, बाढीमा परी १९, सर्पको टोकाइबाट १८, हाई अल्टिच्युडका कारण ३, डुंगा दुर्घटनामा १, भारीवर्षाका कारण ८, हुरी बतासका कारण ९, हिमपहिरोमा परी २, वन डडेलोमा परी १ र हिमपातका कारण १ जनाको मृत्यु भएको छ ।
आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति
बितेको ६ महिनामा विपद्का घटनामध्ये आगलागीले सबैभन्दा बढी आर्थिक क्षति गरेको छ । सो अवधिमा आगलागीका घटनाबाट ९५ करोड ३१ लाख ६७ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्राधिकरणका अनुसार पछिल्लो ६ महिनामा पहिरोका घटनाले ८ करोड ८१ लाख २८ हजार ७०० रुपैयाँ, बाढीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ, वन डढेंलोले १ करोड २३ लाख ८५ हजार रुपैयाँ, भारीवर्षाले ३ करोड ८१ लाख ३० हजार ६७५ रुपैयाँ र हुरी बतासले २ करोड ५४ लाख ६१ हजार ८०० रुपैयाँको आर्थिक क्षति गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार