तिहारमा कर्णालीभर ४ हजार बढी प्रहरी परिचालन गरिने
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २०:२६:१५
४ कात्तिक, सुर्खेत । कर्णालीका १० जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना बनाइएको छ । चाडपर्व नजिकिँदै जाँदा चार हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । तिहार र छठमा शान्ति सुरक्षाका लागि कर्णाली प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको हो ।
तस्करी तथा लागुऔषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच भईरहेको छ। पटका तथा विस्फोटक पदार्थको आयात, विक्रिवितरण तथा प्रयोगमा रोक लगाउन प्रदेशभरीका प्रहरी कार्यालयमा विशेष सूचना पठाइएको जनाईएको छ।
चाडपर्वको अवसरमा घर, बस्ने कोठा छाडी अन्यत्र जाँदा चोरी हुने सम्भावना विगतका वर्षमा बढी हुने भएकाले घर कोठा छाडी अन्यत्र जाँदा प्रहरीलाई जानकारी गराउन तथा चोरीको घटना नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम समेत प्रहरीले गरेको छ। सवारी साधनमा यात्रुसँग बढी भाडाँ असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।
यो अवधिभर कर्णाली प्रदेशमा तत्काल प्रतिक्रिया टिम ‘क्यूआरटी’ परिचालन १ सय २५ वटा, नियमित चेक प्वाइन्ट ३१ स्थानमा, आकस्मिक चेकिङ आवश्यकता अनुसार, ट्राफिक सहितको संयुक्त चेकिङ ५३ स्थानमा रहेको छ । त्यस्तै चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण चेकिङ १८ स्थानमा, झैझगडा, जुवा तास,चोरी लुटपाट,मापसे नियन्त्रण ८६ स्थानमा, मोबाइल गस्ती र पैदल गस्ती २ सय ६५ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा रहेको छ ।
कर्डन सर्च एण्ड एम्बुस १० स्थानमा, विशेष चेकिङ ९ स्थानमा, लामो दुरिको सवारी चेकिङ ९२ वटा, चालकको व्यवस्था, १८ स्थानमा र नागरिक सहायता कक्ष २६ स्थानमा गरिने प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाइएको छ। कर्णाली प्रदेशका दश जिल्लाका प्रमुखहरु मार्फत मातहतका कार्यालयबाट चाडपर्व सुरक्षा योजना कार्यान्वयन भईरहेको जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार