स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा जनलहर बढ्दै, मतदाता भन्छन् ‘हामी रोड नालाको गफ’मा फस्दैनौँ !
आबिद हुसेन
कात्तिक ४, २०७९ शुक्रबार २१:६:५८
४ कात्तिक, बीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको अन्तरक्रियालाई निरन्तरता दिएका छन् ।
सिंहले शुक्रबार वडा नम्बर २४ का मतदातालाई भेट गरेर आफ्ना एजेण्डा राख्दै आउदो निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मतदाताहरुले अब स्वतन्त्रलाई नै अघि सार्ने भन्दै योग्य, सक्षम उम्मेद्वार सिंह बाहेक अन्य नदेखिएकाले उनकै पक्षमा मतदान गर्ने प्रतिकृया दिए । स्थानीय मुकेस साहले दलीय उम्मेद्वारका साथै केही स्वतन्त्र भन्दै हिँडेका उम्मेद्वारबाट क्षेत्रको समग्र विकास हुन नसक्ने आफूले देखेको भन्दै त्यसका लागि सिंह एक मात्रै विकल्प रहेको बताए ।
उनले भने, ‘पहिले जितेर गएकाहरुको काम पनि हामीले हेरिसकेका छौँ, उनको भुलभुलैया गफमा हामी पर्दैनौँ, तपाईलाई जिताउने अभियानमा हामी सँगसँगै हिँड्न तयार छौँ ।’ रोड, नाला भन्ने कुरा विकासको चरणमा हुँदै जाने कुरा भएको भन्दै उनले समग्र विकासका कुरा गर्ने उम्मेद्वार सिंह मात्रै देखेकाले सबैले उनलाई साथ दिनुपर्ने बताए ।
‘रोड, नाला जस्ता भौतिक निर्माण भन्ने कुरा त विकासको चरणमा हुँदै जाने कुरा हो, तर त्यस ठाउँको शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको सवालमा के काम भयो त भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘यो समग्र विकासको एजेण्डासहित आएका उम्मेद्वार सिंहलको पक्षमा सबैले मतदान गरौँ ।’ स्थानीय मतदाताको सुझाव र सल्लाह बमोजिम नै आफू अघि बढ्ने भन्दै उम्मेद्वार सिंहले त्यसका लागि अहिले चुनावमा साथ दिएर सहयोग गर्न सबैलाई आह्वान गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार