महंगी अचाक्ली, केही सूचकमा सुधार देखिएपनि अर्थतन्त्र अझैं असन्तुलित
केदार भट्टराई (काका)
कात्तिक ५, २०७९ शनिबार १९:५१:५३
५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा महंगीले सीमा नाघेको छ । बजारमा हरेक वस्तुको मूल्यबृद्धि अकासिएको छ । मूल्यबृद्धिले सीमा नाघ्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणमा अर्थतन्त्रको बाह्य क्षेत्रका केही सूचकमा सुधारको संकेत देखिएपनि समग्र अर्थतन्त्र सन्तुलनमा आउन सकेको छैन् । अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने रेमिट्यान्स मात्र भदौ महिनामा करिब २० प्रतिशतले बढेको छ ।
सरकारले अहिले पनि विलासी वस्तु आयात रोकिरहेको छ । चारवटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइरहँदा पनि विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छैन् । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति १९ करोड अमेरिकी डलरले घटेको छ । मुलुकमा भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षमा निकै उच्च थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी चाप मूल्यबृद्धिको छ । साउन र भदौ महिनामा नेपालको हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईमा धरै बढीले मूल्यवृद्धि भएको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक विवरणमा उपभोक्ता मूल्यवृद्धि ५.१५ प्रतिशत बिन्दुले बढेर यो अवधिमा ८.६४ प्रतिशत पुगेको छ । जबकी गत आर्थिक वर्षको यही अवधिमो मूल्यवृद्धि दर ३.४९ प्रतिशत मात्रै थियो ।
गत साउन र भदौमा महिनामा तराईमा ९.३३ प्रतिशतले मूल्यबृद्धि भएको छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत मूल्यबृद्धि रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर ७.६२ प्रतिशत छ भने दुई महिनामा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्य बस्तुको ९.०२ प्रतिशतले मूल्यबृद्धि भएको छ ।
गत आर्थिक वर्षको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९, घिउ तथा तेल १४.५३, रेष्टुरेण्ट तथा होटलको सेवा १२.३०, मदिराजन्य पेय पदार्थ १०.२४ र तरकारी ९.९४ प्रतिशत महँगिएको छ । यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१, स्वास्थ्य १०.५४, फर्निसिङ तथा घरायसी उपकरण ९.२५, शिक्षा ९.११ र घरायसी उपयोगका वस्तुको मूल्य ७.६९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रका केही सूचकमा भने सुधारको संकेत देखाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएको देखिन्छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा शोधनान्तर स्थितिको घाटा र चालु खाता घाटामा उल्लेख्य कमी आएको छ । विदेशी मुद्राको सञ्चिति थोरै घटेपनि पर्याप्तता सूचक ७.७ महिनाका लागि पर्याप्त रहेको भनिएको छ ।
रेमिट्यान्स र पर्यटनबाट हुने आयमा समेत सुधार हुँदै जाँदा अर्थतन्त्र सकारात्मक बाटोमा जाने संकेत देखिएको नेपाल राष्ट्र बैंकको भनाइ छ । रेमिट्यान्स र भुक्तानी सन्तुलन सुधारोन्मुख देखिए पनि विदेशी विनिमय सञ्चिति घट्नुमा विगतको बक्यौता भुक्तानी हुनु मुख्य कारण रहेको राष्ट्र बैंक बताउँछ । बक्यौता भुक्तानीमा सुधार र रेमिट्यान्सको अवस्था यस्तै रहे केही महिनामै अर्थतन्त्र पुरानै अवस्थामा आउने दावी राष्ट्र बैंकको छ ।
यता, बैंक तथा वित्तीय क्षेत्रको अवस्था भने अझै असामान्य छ । कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा ८.५७ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर एक वर्षमा करिब साढे ३ प्रतिशत बढेको छ । २०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो ।
कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ । यस्तै बैंकहरुको औसत आधार ब्याजदरसमेत दोहोरो अंकमा पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको औसत बेसरेट १०.०१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा रेमिट्यान्स आप्रवाह करिब २० प्रतिशतले बढेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले बढेर १ अर्ब ४७ करोड डलर पुगेको छ ।
अमेरिकी डलरको मूल्य बढ्दै गएपछि बढी मूल्य पाइने अवस्थाले नेपालमा रेमिट्यान्स बढ्न पुगेको राष्ट्र बैंको भनाइ छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ सय ६९.९ प्रतिशतले बढेर १ लाख ३ हजार ८९८ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बढेर २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ ।
विदेश विनिमय सञ्चितिमा भने सुधार देखिएको छैन् । सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिंदा पनि विदेशी विनिमय सञ्चितिमा सुधार नदेखिएको हो । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति १९ करोड अमेरिकी डलरले घटेको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ९ अर्ब ३५ करोड डलरमा झरेको छ ।
नेपाली मुद्रामा यस्तो सञ्चिति असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा भदौ मसान्तमा २.२ प्रतिशतले कमी भई ११ खर्ब ८९ अर्ब १६ करोडमा झरेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । नेपाली रुपैयाँमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेकोमा यस अवधिमा आयात घटेसँगै व्यापार घाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोडमा झरेको छ । तर, पनि विदेशी विनिमय सञ्चिति भने घट्दो क्रममा नै रहेको राष्ट्र बैंको भनाइ छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर घाटा सामान्य बढेर २३ अर्ब ६८ करोड पुगेको छ । यसले शोधनान्तर घाटा उच्चदरमा बढ्ने क्रम रोकिएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार अहिले शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनामा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर यस वर्ष १८ करोड ५९ लाखले घाटामा देखिएको छ ।
राष्ट्र बैंकले चालु खाता घाटामा भने सुधार देखाएको छ । यो वर्ष पहिलो दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत आवमा यस्तो घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा गत आवमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता यस आवमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ । यस वर्ष खुद प्रत्यक्ष लगानी भने अघिल्लो वर्षको तुलनामा घटेर ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार