नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिरा काजी थापा चयन
नेपालबहस संवाददाता
कात्तिक ६, २०७९ आइतबार २१:२२:४२
६ कात्तिक, काठमाडौं । गीतकार तथा निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई महासचिवमा चयन गरेको हो ।
सोसाइटीले विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी पूर्व महासचिव मनसुधन सह सचिव पदमा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त महासचिव थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा सक्रिय छन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ, नबिन के भट्टराईको स्वरमा रहेको सायद तिमी नै हौ मेरो दिलको धड्कन, पहिलो नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा रहेको के छ खबर, लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् ।
हाल बेलायतमा रहेका थापा नयाँ चलचित्र निर्देशनका लागि कात्तिकमा नेपाल आउँदैछन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ । जसको हाल स्क्रिप्टको काम भइरहेको निर्देशक थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार