डा.उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १८:५०:१८
८ कात्तिक, काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गरेका हुन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताए । यसपटक उनले आफ्ना १५० ओटा गीत विश्वको नक्सा ९ग्लोबल०मा सार्वजनिक गरेका हुन्, भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गरे ।
उनले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात्रीको नामबाट, विश्वका सामाजिक बिदाको नाम समेटिएको, विश्वका सर्वाधिक बिक्री भएका म्युजिक एल्बमको, ग्रामी पुरस्कार विजेता कलाकारको नामबाट, विश्वका प्रचलित घण्टीहरूको नामले, विश्वका सुप्रसिद्ध कवि तथा गीतकारको नाम र तिनीहरूले सिर्जना गरेको विषय समेटिएको, युट्युबमा एक विलियनभन्दा माथि भ्युज भएका टाइटल समेटिएको, ग्रामी पुरस्कार विजेता जोडीको नाम समेटिएको, इन्स्ट्राग्राममा मोष्ट फलोअर्स भएका आर्टिष्ट र उनले गाएको वर्णन समेटेर, विश्वभर हजारौँ मिलियन यात्रुलाई यात्रा गराउन सफल ६८ एयरक्राफ्टको नाम समेटिएको, क्यान्सर लागेर बाँचेका प्रसिद्ध व्यक्तित्वको नामबाट र अंग्रेजी अक्षर ‘ए’ देखि ‘जेड’ सम्मको वर्णानुक्रम अनुसारको गीति कविता रहेका छन् । यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलोपल्ट भएको उनले दाबी गरे । सो क्रममा उनले आफ्ना कविता वाचन गरेर सुनाएका थिए ।
यस्तै, उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गरे । उनले ६ महिना लगाएर यि गीति कविता तयार पारेको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकार तुलसी गिरी ‘भावुक’, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद्’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्द, युथ क्रिएशनका रमेश थापा, गीतकार तथा निर्देशक गणेश सुवेदी, साहित्यक पत्रकार संघका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापालगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले डा। उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताए ।
शनिबार सार्वजनिक तेह्र फरक शैलीका गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा छन। गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन।
कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता र दर्शकमाझ छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार