कांग्रेसको चुनावी घोषणापत्र शनिबारभित्र सार्वजनिक गरिने, राजनीतिक निकास र आर्थिक विकासलाई प्राथमिकता
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १६:२७:१८
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी रणनीति, राजनीतक अस्थिरताको निकास र आर्थिक विकासमा कांग्रेस नेतृत्वको सरकारले खेल्ने भूमिकालाई समेटेर तयार पारेको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणपत्र शुक्रबार वा भोली शनिवार सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।
आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना आगामी नीति र कार्यक्रम मतदातामाझ पुर्याउन कांग्रेसले निर्वाचन लक्षीत घोषणा पत्र सार्वजनिक गर्ने भएको हो । घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताइएको छ ।
दलहरुले अहिले घोषणापत्र विना नै मत मागिरहेका छन् । ठूला राजनीतिक दल कसैले पनि घोषणापत्र ल्याएका छ्रैनन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचनका धेरै जसो विषयहरु घोषणपत्रमा समावेश गरिएको छ ।
‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए । उनले लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय, फराकिलो आर्थिक अवस्था, नेपालको समन्यायिकक समाज र सांस्कृतिक विकासको एजेन्डा घोषणापत्रमा समेटिएको बताए । यस्तै जलवायु परिवर्तन, वन तथा विपत्को विषय, सार्वभौमिक समानतालगायत परराष्ट्रसम्बन्धी विषयहरु पनि समेटिएका छन् ।
घोषणपत्र तयारी समितिले घोषणापत्रमा नयाँ स्वभावका क्षेत्र र प्रविधिक विकासका कुरा पनि समावेश गरेको छ । घोषणापत्रमा केही अनुसुचि रहेका र त्यसमा पहिलो राजनीतिक विषय, दोस्रो विकास एजेन्डा र तेस्रोमा क्षेत्रगत विकासका राखिएको बताइएको छ । सुशासन, युवा, रोजगारी र अन्य एजेन्डा बलियो रुपमा उठाइएको छ ।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै सार्वजनिक गरिएको थिएन । अहिले घोषणापत्रको पार्टी सभापति देउवालाई ब्रिफिङ भइरहेको छ । यो सकिएपछि सार्वजनिक गरिने पार्टी केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले आज वा भोली शनिवारका लागि प्रधानमन्त्रीको समय तय गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीको अनुकुलता मिले आज नत्र शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले नेपाबहसलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु
माघ ६, २०८१ आइतबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८१ आइतबार
ट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार