मरिक समुदाय बाँसको सामग्री बनाउन र बिक्री गर्न व्यस्त
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २१:३०:५१
११ कात्तिक, इनरुवा । छठपर्व सुरुआतभएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदायका मानिस छठमा प्रयोग हुने सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएका छन् ।
इनरुवा सहित हरिनगर, देवानगञ्ज, कोसी, बराहक्षेत्र, इटहरी, धरान, बर्जु, गढी, रामधुनी, दुहबीसहित जिल्लाका विभिन्न स्थानमा रहेका ती समुदायले पर्वका समयमा आवश्यक पर्ने बासको सामग्री बनाउन र बिक्रि गर्नका लागि व्यस्त बनेका हुन् । ती समुदायका मानिसरु छठमा प्रयोग हुने कोनिया, ठाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन र बिक्री गर्न थालेका हुन् ।
बाँसको सामग्रीको माग अत्यधिक हुने गरेकाले आफू बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि लागेको ती समुदायका मानिसले बताएका छन् ।
गाउँगाउँबाट अहिले नै एक सय ५० देखि दुई सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायहरुले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका मानिस यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएको स्थानीय बिन्देश्वर मरिकले बताए ।
उहाँका अनुसार छठ पर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने भएकाले सामग्री बनाउन र बिक्री गर्नका लागि मरिक समुदायका मानिस लागिपरेका हुन् । छठमा बाँसको सामग्री पु¥याउनलाई आफूहरु महिना दिनअघि बाट नै काममा व्यस्त बनेको छ ।
सो समुदायका मानिसहरुको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइलागेको र त्यसबाट आएको आम्दानीबाट छोराछोरीलाई शिक्षादीक्षा दिने गरेको छ ।
जिल्लाको विभिन्न ठाउँबाट एक सय ५० देखि दुई सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको वीरेन्द्र मरिकले जानकारी दिनुभयो । चाडपर्वमा बासको सामग्रीको माग अत्यधिक हुने भएकाले बालबालिकादेखि वृद्धसम्म सबै व्यस्त हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार