गुह्येश्वरीमा छठ घाट निर्माण, घाट बुकिङ धमाधम
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २१:५४:४४
११ कात्तिक, काठमाठौं । राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माणकाे कार्य भइरहेको छ ।
गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंह बताउँछन् ।
२०६२ अघि नै गुह्येश्वरी क्षेत्रमा स्वतस्फूर्तरुपमा छठ पर्व मनाइन्थ्यो । समितिले वैधानिकता पाएदेखि नै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यस क्षेत्रको छठ पर्व मनाउने गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगसमेत पछिल्लो वर्षदेखि छठ पूजा समितिले सहकार्य सुरु गरेको छ । वाग्मती नदी सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले डोजरलगायत उपकरण सहयोग गर्ने गरेको छ ।
छठका लागि कोषले पनि आर्थिक सहयोग गर्ने गरेको छ । विगत वर्षमा कोषले रु छ लाख २५ हजार सहयोग गरेकामा यस वर्ष रु तीन लाखमात्र दिने निर्णय गरेकाले व्यवस्थापनमा कठिनाइ आउने देखिएको उहाँले गुनासो गर्नुभयो । गुह्येश्वरीमा छठ पर्व व्यवस्थापनका लागि रु १८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ । छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ । छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि धमाधम बुकिङ भइरहेको छ ।
आकर्षकरुपमा सजाइएको गुह्येश्वरी क्षेत्रको वाग्मती नदीबीचमा छठीमाईको मूर्ति बनाएर राखिने भएको छ । काठमाडौँ उपत्यकाका २८ स्थानमा छठ पूजा गर्ने गरी तयारी भएको छ । २०६२ सालसम्म अधिकांश तराईवासीले मनाउने गरेको छठमा हाल पहाडी समुदाय पनि सहभागी हुन थालेको समितिका सचिव राजकुमार पोद्दारले बताए ।
छठ पर्वमा हिन्दूमात्र नभई मुसलमान पनि सहभागी हुने गरेका छन् । छठ मनाउन आउनेलाई कुनै पनि किसिमको भेदभाव नगरी समानरुपमा अवसर दिने गरेको उहाँले सुनाउनुभयो । यसरी छठ पर्व सबैको बन्न पुगेको छ ।
कमलपोखरीमा निःशुल्क छठ घाट
कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंह कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताउनुहुन्छ । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ ।
कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ । टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ । मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ ।
कमलपोखरीमा यस वर्ष छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत सहभागी हुने कार्यक्रम रहेको छ । कात्तिक १३ गते बेलुकी आइतबार अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अर्घु दान गरी भव्यरुपमा छठ पर्व मनाइन्छ ।(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार