प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १६:३५:१
१२ कात्तिक, काठमाडौं । प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री ‘टाटेमित’ ले जानकारी दिए ।
झन्डै डेढ करोड लागतमा बनेको चलचित्रमा कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित बिशाल पहाडी, कृष्णभक्त महर्जन,एवन राज उप्रेती, त्रिचु राई,श्याम राई,धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई,पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।
सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ। चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ । लामो समय देखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ्ग सिकेर आएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार