नवलपरासी बस दुर्घटनाका मृतकको पहिचान खुल्यो
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २०:३:१४
१३ कात्तिक, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका-२ मथारमा आइतबार बिहान बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।
उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ । घाइतेहरूको उपचार चितवन भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट झण्डै एक सय मीटर तल खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार
प्रधान सेनापति सिग्देलले गरे पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण
माघ ११, २०८१ शुक्रबार