दार्चुला घटनाबारे पठाइयो भारतलाई कूटनीतिक नोट
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २१:३:१
१३ कात्तिक, काठमाडौं । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा गराइएको बम विस्फोटबाट आएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनाबारे नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको जनाइएको छ । गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउन परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि आइतबार मात्र कूटनीतिक नोट पठाइएको मन्त्रालय स्रोतले जनायो ।
घटनाबारे सडक निर्माणका ठेकेदार कम्पनी गर्ग एण्ड गर्गले गल्ती स्वीकार गरिसकेको अवस्थामा नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्तिका लागि आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय सीमा बिना जानकारी विष्फोट गराइएको भन्दै दोषीलाई कारवाही गर्न माग भइरहेका बेला परराष्ट्रले अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र स्थानीय बासिन्दालाई अगाडि नै जानकारी दिन आग्रह गरेको बताइएको छ।
कम्पनीको लापरवाहीले बालक महराको ज्यान गएको भन्दै राजनीतिक दलहरुले सरकारको आलाेचना भइरहेकाे बेला नोट पठाइएको हो ।सोही विष्फोटबाट आएको ढुंगाले लागेर घाइते मृतकका दिदी १४ वर्षीया सरिनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
सोही विष्फोटबाट आएको ढुंगाले लागेर घाइते मृतकका दिदी १४ वर्षीया सरिनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । कम्पनीले भारततर्फ गराइएको विष्फोटबाट ढुंगा उछिट्टिएर सीमा नदी महाकाली बारि नेपालतर्फ आउँदा बालकको ज्यान गएको थियो । विष्फोटबारे जानकारी नदिँदा बाटोमा हिँडिरहेका बेला बालक लगायतलाई ढुंगा लागेको थियो । मृतक बालकका परिवारलाई कम्पनीले आइतबार नै माफी माग्दै १६ लाख रुपैयाँ क्षतिपूर्ति समेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार
प्रधान सेनापति सिग्देलले गरे पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण
माघ ११, २०८१ शुक्रबार