अष्ट्रेलियाको हवाई अड्डामा बमवर्षक विमान पठाउँदै अमेरिका
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १९:५२:४
१४ कात्तिक, न्युयोर्क । अमेरिकाले उत्तरी अष्ट्रेलियाको हवाई अड्डामा ६ वटा आणविक क्षमता भएका बी–५२ बमवर्षक विमानहरू पठाउने तयारी गरिरहेको छ ।
अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)का अनुसार वासिंगटनले अष्ट्रेलियाको उत्तरी क्षेत्रको डार्विन शहरबाट करिब ३०० किलोमिटर (१८५ माईल) दक्षिणमा रहेको टिन्डल एयर बेसमा विमानका लागि समर्पित सुविधाहरू निर्माण गर्ने विस्तृत योजना बनाएको छ ।
अष्ट्रेलियाको रक्षा विभागले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन । तर, अमेरिकी वायुसेनाको भनाइ उदृत गर्दै एबीसीले लेखेको छ, ‘अष्ट्रेलियामा बमवर्षकहरू तैनाथ गर्ने क्षमताले घातक वायु शक्ति प्रक्षेपण गर्ने हाम्रो क्षमताको बारेमा हाम्रा विरोधीहरूलाई कडा सन्देश पठाउँदछ ।’
विश्लेषकहरूले एबीसीलाई भनेका छन् कि यो कदम चीनको लागि एक चेतावनी हो । चीनले ताइवानको स्वशासित टापुमा आक्रमण गर्न चेतावनी दिँदै आएको छ ।
नयाँ अमेरिकी सुरक्षा केन्द्रका बेक्का वासेरले भने, ‘मुख्य भूमि चीनमा पुग्न सक्ने र सम्भावित रूपमा आक्रमण गर्न सक्ने बमवर्षकहरू चीनलाई ताइवानमाथिको कुनैपनि कार्यले थप विस्तार गर्न सक्ने संकेत पठाउन धेरै महत्वपूर्ण हुन सक्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार