एकीकृत समाजवादीको चुनावी घोषणा : युवालाई १० लाखसम्म निर्ब्याजी ऋण
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २०:२७:५०
१४ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै चुनावी संकल्प अगाडि सारेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्रमा पार्टीको संकल्प सार्वजनिक गरेको हो ।
एमालेबाट विभाजितपछि गठित एकीकृत समाजवादीको यो पहिलो घोषणापत्र हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने संकल्प लिएको छ ।
मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा आकर्षित गर्न उद्देश्यले १० लाखसम्म निर्ब्याजी ऋण दिने उल्लेख गरिएको छ । यसका लागि अभियान नै थाल्ने घोषणा गरिएको छ ।
यस्तै, पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व-पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार