शेयरबजार ५६.११ अंकले वृद्धि

नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २२:७:५०

१५ कात्तिक, काठमाडौं । शेयरबजार मंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको शेयरबजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।
‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै, १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी स्थिर रहेको छ ।
कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।
साथै, जीवन बिमा १७३.३८, होटल तथा पर्यटन ५४.७६, बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार