एउटै मितिमा भिड्दै फिल्म, नयाँलाई असर
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २०:२४:५९
१७ कात्तिक, काठमाडौं । यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप ‘ओटीटी’ ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ ः द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा सफल भइसकेका छन् । यिनीहरूले नेपालकै हलबाट आफ्नो लगानी सुरक्षित गरेका हुन् ।
प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले प्रदर्शनको चौथो दिनमै चार करोड ग्रस कलेक्सन गरिसकेको प्रतिक्रिया मिडियामा दिएका थिएँ । “अघिल्ला फिल्मको व्यापारले आउने समय सुखद रहेको सङ्केत गर्छ । किनकी दर्शकलाई फिल्म राम्रो लाग्दासम्म हल आउने गरेका छन् । प्रदर्शनरत महापुरूष हेर्नेले राम्रो भनेका छन् । फागुनदेखि चैतसम्म अझै पाँच फिल्म सफल हुने अनुमान छ”, वितरक करण श्रेष्ठले भने ।
दर्शकको भीडभाड बढेसँगै सकारात्मक प्रतिक्रिया आउँदा यसले दीर्घकालीन रुपमा व्यापार मद्दत गर्ने उहाँको बुझाइ छ । कोरोना भाइरसको महामारी अगाडि २०७६ सालमा फागुनसम्ममा छ फिल्म मात्र घरेलु व्यापारबाट लगानी सुरक्षित गरेर मुनाफा कमाउन सफल भएका थिए । यद्यपि यस वर्ष एउटै मितिमा आश गरिएका फिल्म घोषणा भइरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मंसिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन् । माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन् ।
फागुन ५ मा फूलबारी, लण्ड टू पेरिस र परदेशी दुई ले प्रदर्शन घोषणा गरिसकेका छन् । यी तीनै आश गरिएका फिल्म हुन् । फागुन १९ मा छक्का पञ्जा ४, छड्के २, बुलाकी, परस्त्री र बर एण्ड बधूले प्रदर्शन घोषणा गरेका छन् । यस्तै आउँदो वर्षको वैशाख १ मा भगवत् गीता र जारीले प्रदर्शन घोषणा गरेका छन् । बिदालाई लक्षित गर्दा एकै डेटमा फिल्म धेरै प्रदर्शन भइरहेको निर्देशक घनश्याम लामिछानेले बताए ।
“यहाँ ब्यानरले आफ्नो मर्जीमा प्रदर्शन घोषणा गर्छन । त्यसको असर नयाँलाई पर्छ । यद्दपि फिल्म मिलाएर नचले घाटा सबैलाई हुन्छ”, निर्देशक लामिछानेले भने, “यहाँ ठूलो प्रतिस्पर्धा त आफ्नैसँग हुन्छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।”
नेपाली दुईवटासम्म फिल्म हलले धान्ने नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदयले बताए । “ठूला ब्यानरको फिल्म एकै समयमा आउँदा दुवैलाई घाटा हुन्छ । त्यस्ता फिल्म एक महिनाको अन्तरालमा आउँदा राम्रो”, पूर्वअध्यक्ष उदयले भने । विशेषत फागुन १९ मा छक्का पञ्जा ४ र छड्के २ ले प्रदर्शन घोषणा गर्दा दर्शकसँगै फिल्मकर्मीसमेत चकित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार