चलचित्र ‘बिजुली च्याप्टर १’ लागी अडिसन कल
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:१७:४३
१८ कात्तिक, काठमाडौं । केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ बर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ।
विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भई सकेका छन् अब बाँकी कलाकार अडिसन बाट छानिने छ ।
क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन माघबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक शंकर धिताल,मुख्य सहायक निर्देशक आयुष बिसी,प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्। चलचित्रको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्।
चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार