तिम्रो मेरो साथको टिकटक बनाउनेलाई २५ हजार
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १६:३:१७
२० कात्तिक, काठमाडौं । आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।
फिल्मको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले ह्यासरुमालैबाटेर, ह्यासतिम्रोमेरोसाथ,ह्यासरमेशएमकेपौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ । फिल्ममा कुल ३ वटा गीत रहेका छन् ।
’रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन् । यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ । फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन९खबपु०को अभिनय छ ।
फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन् ।
यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार