किशोर-किशोरीको हत्या प्रकरणमा थप ४ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १९:२४:२१
२० कात्तिक, दाङ । तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको शव भेटिएको घटनामा ४ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । किशोर र किशोरीको हत्या भएको आशंका उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।नियन्त्रणमा लिइएका सबैलाई आजै सार्वजनिक गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा गत असोज ३० मा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ ।
घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
यसअघि नै मृतकका चिनजानी एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार