जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २३:१०:१३
२० कात्तिक, बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रकाउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।
उनीहरूले आज सामान्य रुपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदशन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाई गर्न माग गरेका हुन् ।
स्थानीय रामबाबु यादवका अनुसार पटकपटक नगर सरसफाईका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाई नभएपछि ताला लाउन बाध्य भएको बताए ।
फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदादिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौं । उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लागाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिँदैन ।’
प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार