जलवायुसम्बन्धी काम गर्न विकासोन्मुख राष्ट्रलाई वार्षिक १० खर्ब डलर आवश्यक
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १९:१३:५३
२२ कात्तिक, कायरो । विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायुसम्बन्धी काम गन वार्षिक १० खर्ब डलर आवश्यक रहेको बताएको छ । एक रिपोर्टमा यससम्बन्धी उक्त रकम सुरिक्षत गर्न लगानीकर्ता, धनी देश र विकास बैंकहरू मिल्नु पर्ने विषय औल्याइएको छ ।
इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति र भूमिको पुनःस्थापना गर्न कोष आवश्यक भएको बताएको छ ।
‘विश्वलाई जलवायु वित्तमा एक सफलता र नयाँ रोडम्याप चाहिन्छ जसले सन् २०३० सम्म उदीयमान बजार र चीनबाहेक अन्य विकासोन्मुख देशहरूका लागि आवश्यक पर्ने बाह्य वित्तमा १० खर्ब डलर परिचालन गर्न सक्छ’, वर्तमान र यसअघिको जलवायु सम्मेलन आयोजकद्वारा तयार पारिएको रिपोर्टमा भनिएको छ ।
यसैबीच, इजिप्टमा जलवायु शिखर सम्मेलनमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरूले बुधबार वित्तिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार