भुकम्पले बझाङको थलारा गाउँपालिकाकाे १२ वटा घरमा क्षति
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २३:४८:३४
♦ शिवजी मण्डेल
२३ कात्तिक, बझाङ । बझाङको थलारा गाउँपालिकामा भुकम्पका कारणले १२ वटा घरमा पूर्णरूपमा क्षति भएको छ । मंगलबार राति गएको भुकम्पले थलारा गाउँपालिका( ९ मा ७ घर वडा नम्बर ७ मा १ वडा नम्बर ८ मा १ वडा नम्बर ५ को कोटफेरामा २ र वडा नम्बर ४ मोयलमा १ गरि जम्मा १२ घरमा पूर्णरूपमा क्षति भएको हो ।
थलारा गाउँपालिका-९ मा अम्भु दमाई,तिलु दमाई,,हौंसा चनार दिपु सिंह मोहनराज जैशी,बिश्व खत्री, श्याम बहादुर सिंहको घरमा पूर्णरूपमा क्षति पुगेको वडा अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए । भुकम्पले घरमा लगेपछि आफूलाई कहाँ बस्ने भन्ने चिन्ता बढेको त्यहाँका स्थानीयहरू बताउँछन् । आज विहानैदेखि टोलटोलमा पुगेर अनुगमन गर्दा वडाभित्र ७ घर १२ सौचालय पूर्णरूपमा र एक सय घर भन्दाबढीमा आंसिक क्षति भएको अध्यक्ष बिष्टले बताए ।
त्यस्तै थलारा गाउँपालिका-७ मा भुकम्पकै कारण एक घरमा चिराचिरा परेको छ । थलारा गाउँपालिका-७ गोठीकि एक महिला बेलमती जैशीको घरमा चिराचिरा परेर बस्न लायक नरहेको हो । गएराति २ बजेर १२ मिनेटमा गएको भुकम्पले जैशीको घरमा चिराचिरा परेको छ भने मानवीय क्षति भने नभएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रदेव ओझाले जानकारी दिए ।
जैशीका छोरा छैनन् उनको साथमा छोरीपट्टीका एउटा नाति र एउटा नातिनि रहेका छन । जैशीले भनीन् राति सुति रहेकी थिए एक्कासी भुइचालो आयो दौडिएर बाहिरी निस्के, त्यहीँ भुइचालोले मेरो घर चिराचिरा पारिदियो , घरमा चिराचिरा परेपछि छिमेकीको घरमा बसेको उनले सुनाइन् । उनले गहभरि आँसु झार्दै भनिन् अब म कहाँ बस्ने रु छोरा भए त घर लगाउँछ भन्ने आस हुन्थ्यो छोरा छैन , भएको घर बस्ने अवस्थाको रहेन ।
उनीले एउटा गाई र बाख्रा पालेकी छन् ती पनि कहाँराख्ने भन्दै उनी अहिले चिन्तित बनेकी छन् । उक्त गाउँमा मात्रै १२ वटा घर भुकम्पले चर्किएका छन् । थलारा गाउँपालिका (७ का वडा सचिव समेत रहेका मनिराम पाध्यायको तीन भाइको संयुक्त घर पनि चर्किएको हो । सोही वडाको घोडादाउँनामा २ र आठविसका ३ घर पनि चर्किएको जानकारी वडामा आएको वडा सचिव पाध्याले बताए । उनका अनुसार भवानी माध्यमिक विद्यालय माडौंकाट्नेको एउटा नंया र एउटा पुरानो गरि २ भवन चर्किएका छन् ।
त्यस्तै थलारा गाउँपालिका-८ पण्डित गाउँका बिछु पार्कीको घर भुकम्पले क्षति गरेपछि बस्न लायक समेत रहेको छैन । भने सोही ठाउँका खगेन्द्र जोशीको घरको तल्लो भाग भत्किएको छ । क्षति भने केही भएको छैन । सोही ठाउँकि कृष्णा देवी पण्डितको घर पनि चर्किएको छ । पण्डित राति सुतेको बेलामा शरीरमा ढुङ्गा खस्दा बायाँ हात र कम्मरमा सामान्य चोट लागेको छ ।
बिस्खेतका दलित टोलीको घर पर्खाल चर्किएको छ। उनहरू उच्च जोखिममा रहेका छन् , त्यस्तै कविता ओझा नित्यानन्द जोशी लेखराज जोशीको घरपनि चर्किएका वडा अध्यक्ष टिकाराज जोशीले बताए । वडा अध्यक्ष जोशीले बिहानैदेखि वडा भित्रका टोलटोलमा पुगेर त्यहाँको अवस्था बारे बुझेका थिए । उनले भने अब भुकम्प आए भने सबै चर्किएका सबै घर भत्किने सम्भावना बढेको छ।
यस्तै थलारा गाउँपालिका मा रहेका शान्ति माध्यमिक विद्यालय पाराकाट्ने र थलारा माध्यमिक विद्यालयका साथै अन्य विद्यालयका भवनहरू आंशिक रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय थलाराले जनाएको छ । थलारा माध्यमिक विद्यालयको छात्रा आवास भवन र अर्को पक्की भवनमा पनि पूर्णरूपमा क्षति भएको छ ।
अझ भुकम्प आउँछ भन्दै भ्रामक समाचार फैलाएका नडराउन थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले आग्रह गर्नु भएको छ । अध्यक्ष रोकायाले क्षति भएका गाउँपालिका बासीलाई नआत्ती बस्न भन्दै छिट्टै उचित राहतको पालिकाले व्यवस्था गर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार