भेटवार्तामा सी र बाइडेनले भने- स्वस्थ प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस्
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २३:३४:४४
२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियामा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्ध सुधारको प्रयासस्वरूप उनीहरूको भेटवार्ता भएको न्युयोर्क टाइम्सले जनाएको छ।
रुस युक्रेन द्वन्द्वमा फरक धारणा राख्ने र विश्व राजनीतिमा एकअर्काका प्रतिस्पर्धी मुलुकका नेतृत्वबीच जी-२० सम्मेलनअघि उनीहरूको भेट भएको हो । सेमिकण्डकटरमा लगाएको प्रतिबन्ध तथा ताइवानमा अमेरिकी नीतिका कारण दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको छ ।
भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्। साथै उनले चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बताए । बाइडेनले समकक्षी सीसँग इमान्दार संवादका लागि आफू तयार रहेको भन्दै भने ‘हामीबीच नियमित आपसी संवाद जरूरी छ। म यो अवसरका लागि धन्यवाद दिन चाहन्छु ।’
यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुन नहुने धारणा राखेका थिए । सीले भने, ‘अमेरिका र चीनबीचको स्थिर सम्बन्धको लाभ दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै पुग्नेछ। म दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि सहकार्य गर्न तयार छु ।’
सन् २०११ मा सी र बाइडेन दुवैले उपराष्ट्रपतिको हैसियतमा चीनको छेन्दुमा भेट गरेका थिए । त्यसयता उनीहरूबीच टेलिफोन तथा भिडिओ कन्फ्रेन्समार्फत् संवाद भएका थिए । भर्चुअल संवादमा सीले ताइवानमा अनावश्यक हस्तक्षेप नगर्न बाइडेनलाई चेतावनी दिएका थिए।
अमेरिकाले ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा हेर्दै आवश्यक सहयोगका लागि तयार रहेको बताउँदै आएको छ । तर चीनले भने ताइवान आफ्नो अधिनस्थ भूभागको रुपमा व्यवहार गर्दै आइरहेको छ । सोही अनुरुप विश्वका कुनैपनि मुलुकले ताइवानमाथि गिद्धे नजर नलगाउन चेतावनी दिँदै आएको छ ।
अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार