चौथो सातामा ‘महापुरुष’ : दिवा तथा रात्री शो हाउसफुल, निर्माता बानियाँ दंग !
नेपालबहस संवाददाता
मंसिर २, २०७९ शुक्रबार १९:५१:५३
२ मंसिर, काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ ।
दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन । फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग छ ।
फिल्म हेर्न परिवार नै आउने गरेको हुँदा बिदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘शुक्रबार र शनिबार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्रायः दिउसो र रात्री शोहरू हाउसफुल भइरहेका छन् । फिल्म हेरेर निस्किँदा दर्शकमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने ।
फिल्म युरोपमा २० नोभेम्बरबाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । ‘फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमान्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।
फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा।लि।को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् । चलचित्रले २१ दिनमा आठ करोड आठ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार