रुपन्देहीमा ५२ जना कैदी बन्दीले गरे मतदान
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १८:५८:६
४ मंसिर, भैरहवा । रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन । भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
कारागारमा ४५५ जना कैदी बन्दी रहेकोमा ५७ जना थुनुवा र नाै जना कारागारका कर्मचारीहरुको मतधिकार मात्रै रहेकोले अस्थायी मतदान केन्द्रमार्फत् मतदान गरेका हुन् । मतदानका लागि सोही केन्द्रमा खटिएका तीनजना कर्मचारीले पनि मतदान गर्न पाउँछन् । अघिल्ला निर्वाचनमा मतदान गर्नबाट वञ्चित कैदीबन्दीले यसपटक भने मतदान गरिरहेका छन् ।
केही कैदी सरुवा भएको र केही सफाइ पाई गइसकेको हुनाले मतदानमा सहभागी नभएका हुन् । केहीको नामावली भएपनि कागजी प्रक्रियाले मताधिकार गरेका छैनन, कागजपत्रसहित आएमा साँझ ५ बजे सम्म मतदान गर्न पाउने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए । अस्थायी मतदाताहरूले संघीय समानुपतिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार रुपन्देही, सशस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं. गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेकमा आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदानको व्यवस्था गरिएको छ ।
रुपन्देहीका ५ हजार ३७७ अस्थायी मतदाता छन् । अस्थायी मतदाता सूचीमा रहेका मतदाताले मात्रै संघीय समानुपतिक तर्फ मतदान गर्छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार रुपन्देहीका अधिकांस प्रहरीहरू मतदानबाट वञ्चित भएको जनाकारी दिए । १ हजार ७३५ प्रहरी रुपन्देहीमा परिचालन भए पनि ३३ जनाको मात्रै नामावली मतदाता सूचीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार