पर्सामा प्रतिनिधीसभा र प्रदेससभा सदस्यको एकैपटक गणना सुरु
आबिद हुसेन
मंसिर ५, २०७९ सोमबार २०:५१:१९
५ मंसिर, बीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउँसोदेखि सुरु भएको छ । बीरगञ्जको ठकुरराम बहुमुखी क्याम्पसमा दुबै क्षेत्रको प्रतिनिधीसभा र प्रदेससभा सदस्यको एकैपटक गणना सुरु भएको हो ।
प्रदेस र प्रतिनिधिसभा सदस्यको छुट्टाछुट्टै कोठामा राखेर मतगणना सुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।
पर्सा ३ र ४ को मतगणना पनि केहि बेर मै शुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा तोकिएको छ । पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६८.८२ प्रतिशत मतदान भएको थियो ।
पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार