प्रतिनिधिसभा मतगणनाः एमालेका तीन बागीको अग्रता कायमै
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ बुधबार ०:१५:३७
६ मंसिर, काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् ।
नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । यस्तै यस क्षेत्रमा एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् ।
महोत्तरी ३ मा एमालेका बागी रामआधार कापरले समेत अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरिरहेका छन् । यस क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् ।
यस्तै मोरङ ५ मा समेत एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डलले मतान्तर बढाएका छन् । मण्डलले लगातार अग्रता कायम राखेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले पछ्याइरहेका छन् तेस्रोमा जसपाका राजकुमार यादव रहेका छन् । यस क्षेत्रमा पनि एमालेले जसपालाई सघाउने गरी उम्मेदवारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार